ओलीले गरे एकलौटी स्थायी कमिटी विस्तार

काठमाडौं । केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति गठन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई बाइपास गरेर एकलौटीरुपमा स्थायी कमिटी पुगर्नठन गरेका छन् ।

शुक्रबार बालुवाटरामा आयोजित महाधिवशेन आयोजक समितिको बैठकले नेकपा एमालेको स्थायी कमिटी पुनगर्ठन गरेको छ । बैठकले १८ सदस्यीय स्थायी कमिटी गठन गरेको हो ।

बिज्ञापन

स्थायी कमिटीमा झलनाथ–माधव पक्षका नेताहरुलाई समेटिएको छैन । तर, वामदेव गौतमलाई भने समेटिएको छ । पुनर्गठित स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोख्रेल, रामबहादुर थापा बादल, बिष्णुपौडेल, सुवास नेम्वाङ, शंकर पोख्रेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, बिष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ्ग, रघुवीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल छन् ।

एमालेको कमिटीमा खनाल–नेपाल पक्षीय नेताहरु झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट,  भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्यौपाने सदस्य थिए ।