राप्रपा झापा र राप्रपा(संयुक्त)झापाबीच एकता समायाेजन,अम्बरबहादुर बिष्टको अध्यक्षतामा जिल्ला कमिटी गठन

दमक । राप्रपा र राप्रपा (संयुक्त)को एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेकै दिन झापामा पनि यी दुई पार्टीबीच एकता समायोजन सम्पन्न भएको छ ।

आज आयाेजित एकता समायोजन समारोहबाट अम्बर बहादुर बिष्टको अध्यक्षतामा जिल्ला कमिटी गठन भएको हो ।

बिज्ञापन

केन्द्रमा दुई पार्टीबीच एकीकरण भएलगत्तै जिल्ला कमिटीहरुले पनि समायोजनको काम तयारी गरेका थिए ।

सोही अनुसार अहिलेसम्म धनकुटा, दार्चुला, बाग्लुङ, धनुषा, कञ्चनपुर, पाल्पा, धादिङमा समायोजन भइसकेको छ ।