चीनको सिमा नजिक पुगेको भारतीय वायुसेवाको विमान गायब

एजेन्सी । चीनसँग सीमा जोडीएको अरुणाञ्चल प्रदेशबाट भारतीय वायुसेनाको विमान बेपत्ता भएको छ । चीनको सीमा नजिकैबाट बेपत्ता विमान बेपत्ता हुँदा धेरैले चीनमाथि शंका गरेका छन् ।

स्रोतका अनुसार विमानमा आठ चालक दलका सदस्य र ५ यात्रु रहेको वायुसेनाको एएल ३२ विमान आसामको जोरहाटबाट अरुणाञ्चलका लागि सोमबार १२ बजेर २५ मिनेटमा उडेको र दिउँसो १ बजे उक्त स्थानबाट बेपत्ता भएको बताइएको छ । रक्षा मंत्रालयले चालक दलसँग १ बजे अन्तिम सम्वाद भएकाे बताएकाे छ ।

बिज्ञापन

विमानको खोजिका लागि सबै संयन्त्र प्रयोग गरिएपनि अहिलेसम्म कुनै पत्ता लागेको छैन् । इंडो-तिब्बती सीमा पुलिस, सिमाना सडक संगठनलार्इ खाजीका लागि सुचना गरिएकाे छ ।