
झापा। स्कुटर दुर्घटनामा परेर धरपुर स्वास्थ्य केन्द्रमा ल्याव असिस्टेण्डको रुपमा कार्यरत शिवसताक्षी नगरपालिका १ बस्ने २७ वर्षीया रञ्जना (रन्जु) खनालको मृत्यु भएपछि शिवसताक्षी नगरपालिकाले आज मंगलवार एकदिन शोक बिदा दिएको छ ।

बिज्ञापन



मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी स्कुटर चालक खनालको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा मृत्यू भएकी खनाल नेकपा झापाका जिल्ला सदस्य राधाकृष्ण खनालको छोरी हुन् । उनको हिजो नै कन्काई नदिमा दाहसंस्कार भएको छ ।
