फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई कोरोना संक्रमण

विश्व फुटबलका सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो कोरोना भाईरस संक्रमित भएका छन् । फिफाले एक विज्ञप्ति निकाल्दै अध्यक्ष इन्फान्टिनोलाई कोरोना संक्रमण देखिएको जनाएको छ ।

५० वर्षीय इन्फान्टिनोलाई कोरोना संक्रमणका सामान्य लक्षण देखिएको फिफाले उल्लेख गरेको छ ।

बिज्ञापन

‘फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई कोरोना पोजेटिभ देखिएको छ,’ फिफाले भनेको छ, ‘अध्यक्षलाई सामान्य लक्षण देखिएकाले सेल्फ आईसोलेसनमा बस्नुभएको थियो र उहाँ कम्तीमा १० दिन क्वारेन्टाइनमा नै रहनुहुनेछ ।’

फिफाले अध्यक्ष इन्फान्टिनोको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । इन्फान्टिनो गत वर्ष दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए ।
सन् २०१६ देखि फिफाको अध्यक्ष रहेका उनी २०२३ सम्म फिफाको अध्यक्ष रहनेछन् ।