हावाहुरीले मच्चायो वितण्डा, नेपालमा दुईजना र भारतमा १९ जनाको ज्यान गयो

एजेन्सी । बिहीबार साँझ नेपालको कंञ्चनपुर र कैलालीमा आएको हावाहुरीका कारण २ जनाको मृत्यु भएको छ भने सय भन्दा बढी घाइते एवं अंगभंग भएका छन् । बिहीबार नै भारतको उत्तर प्रदेश राज्यमा आएको वर्षा सहितको हावाहुरी र चट्याङका कारण १९ को मृत्यु भएको र ४८ जना घाइते भएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

आँधी र चट्याङका कारण उत्तर प्रदेशका १२ वटा जिल्ला नराम्रोसँग प्रभावित भएको र तीजिल्लाहरुमा राहत र उद्धारको कार्य भइरहेको भारतीय प्रहरी अधिकारीले जनाएका छन् । प्रदेशका मैनपुरी, कासगन्ज, एटा, आगरा, रामपुर, बदायु र पिलिभित सबैभन्दा बढी प्रभावित भएका छन् ।

बिज्ञापन

आँधीबाट ठूलो संख्यामा घरपालुवा पशुपक्षी पनि मरेका एवं रुख र पर्खालहरु ढलेर मानिसको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । आँधी प्रभावित क्षेत्रमा भएको जनधनको क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।