
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय सदस्यलाई आज दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाएका छन् ।

प्रचण्डले दिउँसो ३ बजे सचिवालयका सबै सदस्यलाई केन्द्रीय कार्यालय धुम्बाराही बोलाएका एक सचिवालय सदस्यले जानकारी दिए ।
बिज्ञापन



सचिवालय सदस्यलाई बोलाइए पनि प्रचण्डले सचिवालय बैठक भने भनेका छैनन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउन नमानेपछि अब कसरी जाने भन्ने विषयमा छलफल गर्न सचिवालय सदस्यलाई बोलाइएको ती सदस्यले बताए ।

प्रधानमन्त्री ओलीले आफूले बैठक पनि नबोलाउने र बैठकले गरेका निर्णय पनि नमान्ने अडान दोहोराएपछि अध्यक्षद्वयबीच पुनः विवाद उत्पन्न भएको छ ।