नेपालमा ८० प्रतिशत संक्रमितले जीते कोरोना

काठमाडौं- कोरोना संक्रमणबाट निको हुनेको प्रतिशत ८० नाघेको छ । शुक्रबार ४ हजार ५ सय डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।

यो भनेको कुल संक्रमितको ८०.९५ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार देशभर २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिज्ञापन

योसँगै कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । सक्रिय संक्रमित ३४ हजार ९०५ जना छन् ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १५ लाख १७ हजार ३४३ परीक्षण गरिएका छन् ।