नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर काेइरालालाई अध्यादेशबारे आपत्ति

नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य शेखर काेइरालाले आफ्नै सभापति नेतृत्वकाे सरकारले ल्याउन लागेकाे अध्यादेशबारे आपत्ति जनाएका छन् ।  नेता काेइरालाले सामाजिक सञ्जालमार्फत अध्यादेशबाट राजकाज चलाउने साेचकाे समर्थन गर्न नसकिने बताएका हुन् ।

सरकारले संसदबाट परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सकृयता देखाउनु पर्नेमा त्यहाँ प्रधानमन्त्री चुकेका उनले बताए । साथै अहिले जुन रुपमा सरकारले अध्यादेश ल्याउने कसरत गरिरहेकाे छ, त्यो कांग्रेसकाे सं स्कार नभएकाे उनले बताए ।

बिज्ञापन