महरालाई स्थायी कमिटी सदस्यमा सिफारिस गर्ने नेकपाको निर्णय

पूर्व सभामुख कृष्णबहादुर महरालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्यमा सिफारिस गर्ने नेकपाले निर्णय गरेको छ ।

आज बसेको बैठकले महरालाई स्थायी कमिटी सदस्यमा सिफारिस गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बलात्कार आरोप लागेपछि सभामुखसँगै स्थायी कमिटी सदस्यबाट समेत राजीनामा दिएका थिए ।प्रवक्ता श्रेष्ठले आजको निर्णयलाई केन्द्रीय कमिटीमा लैजाने जानकारी दिए ।