
एजेन्सी । भारतको कर्नाटकस्थित चिकमंगलूर विधान परिषदका उपसभामुख एसएल धर्मेगौडाले आत्महत्या गरेका छन् ।

रेलको ट्य्राकमा उनको शव क्षतविक्षत अवस्थामा फेला परेको छ । शवसँगै एक सुसाइड नोट भेटिएको छ । जेडीएस पार्टीका नेता धर्मेगौडाको शव राति २ बजे रेलवे ट्य्राकमा फेला परेको हो ।
बिज्ञापन



प्रहरीले सुसाइड नोट बरामद गरेर अनुसन्धान शुरू गरेको छ । केही दिनअघि कर्नाटक विधान परिषद्मा विपक्षी कांग्रेसका नेताहरूले धर्मेगौडालाई कुर्सीबाट उठाएर तानातान गरेका थिए ।

पूर्व प्रधानमन्त्री एचडी देवेगौडाले उपसभामुखको आत्महत्या आश्चर्यजनक भएको भन्दै दुः ख व्यक्त गरेका छन् । कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाले पनि घटनामा दुः ख प्रकट गरेका छन् ।