
हेटौंडा : अखिल नेपाल फुटबल संघ बागमती प्रदेश अध्यक्षमा १३ जनाले दाबी गरेका छन् ।हिजो हेटौंडामा भएको ११ जिल्लाको ३३ प्रतिनिधिको भेलाले एन्फा अध्यक्षको लागि अत्याधिक प्रतिनिधिको दाबी आएपछि भेला स्थगित गरिएको हो ।

प्रदेशको अध्यक्ष एन्फाको केन्द्रीय समितिले टुंगाउने निर्वाचन अधिकृतको रुपमा आएका एन्फाका केन्द्रीय सदस्य पूर्णमान चित्रकारले बताए । प्रदेश समितिमा अध्यक्षसहित १५ जनाको कार्यसमिति रहने प्रावधान छ ।



अध्यक्षसहित, ३ उपाध्यक्ष र ११ सदस्य अब एन्फा केन्द्रले टुङ्ग्याउने छ भने महासचिव र कोषाध्यक्ष ११ सदस्य मध्ये अध्यक्षले मनोनीत गर्ने छन् । हेटौंडामा एन्फा बागमती प्रदेश तदर्थ समितिको नाममा मकवानपुर फुटबल संघ कार्यक्रम राखेर प्रदेश अध्यक्ष टुङ्ग्याउने तयारी गरेको थियो ।

कार्यक्रममा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।