कतार र नेपालबीच हुने भनिएको टी–ट्वेन्टी क्रिकेट स्थगित

काठमाडौँ । नेपाल र कतारबीच हुने भनिएको टी-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला स्थगित भएको छ । कतार स्पोर्ट्स डेका अवसरमा फेब्रुअरी ९ देखि १२ तारिखसम्म उक्त शृंखला हुने तय भएको थियो । कतारमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यसको सावधानीस्वरुप शृंखला स्थगित भएको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ ।
शृंखलाका लागि सोमबारदेखि नेपाली टोलीको बन्द प्रशिक्षण सुरु गरिएको थियो। क्यानले बन्द प्रशिक्षण पनि स्थगित भएको जनाएको छ ।