
विराटनगर/ जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने कार्य संविधान समाप्त पार्ने खेल भएको बताउनुभएको छ । मङ्गलबार जनता समाजवादी पार्टीद्धारा विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । महतोले नेकपाको ओली सरकारलाई पाँच बर्ष चलाउन जनाताको मेन्डेट भएपनि ओलीले सनकको भरमा संसद विघटन गरेको बताउनुभयो । उहाँले ओलीको कदम संबैधानिक मुल्य,मान्यता माथिको आक्रमण भएको भन्दै महतोले ओलीको कदम एक प्रकारले संबैधानिक व्यवस्थामाथि आतंककारी हमला भएको भनेर टिप्पणी समेत गर्नुभयो ।

नेता महतोले प्रधानमन्त्री ओलीको कदम महाप्रतिगामी भएकाले आन्दोलनको बलमा ओलीको प्रतिगमनको कार्य सच्याउन दलहरु आन्दोलनमा जानुपरेको जिकिर गर्नुभयो । नेता महतोले भने अहिलेको संविधान नेताहरुको स्वार्थका निमित्त मात्र लेखन गरिएकाले अब जनताको भावना र पुर्ण अधिकारसहित संविधान पुर्नलेखन आवश्यक रहेको बिषयमा जोड समेत दिनुभयो ।



