राष्ट्रिय महिला लिगमा चन्द्रपुर विजयी

राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिकाले विराटनगर महानगरपालिका मोरङलाई १–० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलको ७०औं मिनेटमा रजनी थोकरले गरेको गोल नै चन्द्रपुरको जितमा निर्णायक बन्यो । सुष्मा महर्जनले दिएको लामो पासमा सविता राना मगरले हेडमार्फत गोलको मुभ सिर्जना गरेकी थिइन् ।

यससँगै चन्द्रपुरले पहिलो राउन्डमा भोगेको हारको बदला लिएको छ । पहिलो राउन्डमा चन्द्रपुर ५–० ले पराजित भएको थियो । यो जितसँगै छैटौ स्थानमा रहेको चन्द्रपुरको ७ खेलबाट ६ अंक पुगेको छ । पराजित विराटनगर ७ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

बिज्ञापन