पुलिसद्वारा काठमाडौंलाई १ सय ९८ रनको लक्ष्य

मेयर  कप क्रिकेटमा विभागीय टिम नेपाल पुलिस क्लबले काठमाडौं मेयर–११ लाई १ सय ९८ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रन बनायो ।

पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाए । यस्तै, कुशल भुर्तेलले ३४ रन जोड्दा पवन सर्राफले २८ रन बनाए । पुलिसका बम दिपेन्द्र सिंह ऐरी २४ रनमा आउट हुँदा सुनिल धमला २२ तथा दिलिप नाथ १२ रनमा आउट भए । काठमाडौंका लागि कप्तान सन्दीप लामिछाने, हरिशंकर साह र विपिन खत्रीले ३–३ विकेट लिए । पुलिसले ३ खेलमा ४ अंक जोडेको छ ।

बिज्ञापन

काठमाडौंले २ खेलमा २ अंक जोडेको छ । पाँच टिम सहभागी प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । अहिले काठमाडौंले जवाफी ब्याटिङ गरिरहेको छ ।