बिराटनगरमा नि:शुल्क प्लाष्टिक सर्जरी हुँदै

निशुल्क प्लास्टिक सर्जरी हुदै फेक्ट नेपाल द्वारा बिराटनगरको हाम्रो अस्पतालमा ओठ तथा तालु फाटेका ( मुख भित्र जिब्रो भन्दा माथि चिरिएका ) तथा आगोले जलेर शरिरको एक भाग अर्को भागसग टासिएका ब्यक्तिहरुका लागि निशुल्क सल्यक्रिया सेवा संचालन भै रहेको छ ।

 

फेक्ट नेपाल का प्रदेश एकका कर्मचारी निलम श्रेष्ठ का अनुसार यो सेवा हरेक १५ दिन मा संचालन हुने र गत बर्ष लकडाउन का कारण एक बर्ष सेवा बन्द भएको र हाल सो सेवा सुचारु गरिएको जानकारी गराउदै समस्यामा परेका आफ्ना टोल समाज मा रहेका यस्ता प्रकृतिका बिरामी लाइ सबै ले जानकारी गराउनु पर्ने बताइन ।

त्यस्तै मुख भित्रको सल्यक्रिया भै सके पछि बोलि राम्रो बनाउन बोलिको तालिम हरेक दिन दिने गरेको स्पिच थेरापिस्ट शिव कुमारी राइ ले जानकारी दिइन । जलेको पोलेको बिरामीको उपचार पश्चात फिजियो थेरापि गराउनु पर्ने र उक्त सेवा समेत फेक्ट नेपालले निशुल्क उपलब्ध गराएको सस्थाका कर्मचारी शिव शंकर मण्डलले जानकारी दिए ।

प्रदेश एक का सबै जिल्ला तथा प्रदेश दुइका सिराह सप्तरी धनुषा र महोत्तरी लगायत का क्षेत्रबाट सेवा लिन आएको र बिभिन्न जिल्ला तथा समुदायमा स्थानीय सघ सस्था सग को सहकार्यमा शिविर संचालन गरि त्यस्ता बिरामीको छ्नोट गरि बिराटनगर ल्याइ निशुल्क खाने बस्ने ब्यबस्था समेत को प्रबन्ध गर्दै सल्यक्रिया गरिने नर्सिङ स्टाफ हिमाल सरि राइले बताइन ।