प्रदेश १ को सानदार जीत

काठमाडौं : टियु क्रिकेट मैदानमा जारी पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी२० क्रिकेट प्रतियोगितामा प्रदेश १ ले पहिलो जित दर्ता गरेको छ ।

सोमबार भएको खेलमा लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश-१ ले पहिलो जित निकालेको हो ।

बिज्ञापन

टस जितेर पहिलो ब्याटिङ गरेको लुम्बिनी प्रदेशले प्रदेश १ लाई १०५ रनको विजयी लक्ष्य दिएको थियो । १०५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश-१ ले १३ ओभर २ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।

प्रदेश-१ को जितमा कप्तान रुबिना क्षेत्रीले अर्धशतकीय इनिङ्स खेलिन् । रुबिना ६८ रनमा अविजित रहिन् ।यस्तै काजल श्रेष्ठले अविजित रहदै २५ रन बनाईन् ।