आईपिएल:हैदराबादलाई बैंग्लोरको चुनौती

एजेन्सी। भारतमा जारी ईण्डियन प्रिमियर लिग(आईपिएल)को १४ औ संस्करणको पाचौं दिन आज एक खेल हुदै छ। नेपाली समयानुसार बेलुका ७:४५ मा हुने खेल चेन्नाईमा हुनेछ।सनराईजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरसॅंग खेल्दैछ।

प्रतियोगिताको उद्घाटन खेलमा साबिक बिजेता मुम्बई ईण्डियन्सलाई पराजित गरेको रोयल च्यालेन्जर्स बैंग्लोर आज पनि जितको लयलाई निरन्तरता दिन चाहान्छ।  उता आफ्नो पहिलो खेलमा कलकत्ता नाईटराईडर्ससॅंग पराजित हैदराबाद भने जितका साथ खेलमा फर्कन चाहान्छ।  यि दुई बिच आज रोमान्चक खेल हुने अनुमान गरिएको छ।

बिज्ञापन

यि दुवै टोलीको सम्भाबित अन्तिम ११ यसप्रकार रहन सक्छ:

रोयल च्यालेन्जर्स बैंग्लोर

विराट कोहोली,देवदत्त पाटिकल,एवि डि भिलियर्स,ग्लेन म्याक्सवेल,रजत पाटिदार,कायल जिमिन्सन,डेनियल क्रिस्टियन,वासिंटन सुंदर, युजव्रेन्द्र चहल,हर्षल पटेल र मोहम्मद सिराज

सनराईजर्स हैदराबाद

डेविड वार्नर,रिद्धिमान शाह,मनिस पाण्डे,जोनी बेयस्ट्रो,जेसन होल्डर,विजय शंकर,अब्दुल समाद,रसिद खान,भुवनेश्वर कुमार,साहबाज नदिम र टि नटराजन