भारतमा एकैदिन सर्वाधिक २ लाख ६० लाख संक्रमित भेटिएः १४ सय ९२ को मृत्यु

भारतमा कोरोना संक्रमितको आँकडामा दैनिक नयाँ रेकर्ड बनिरहेको छ । पछिल्लो २४ घण्टामा सर्वाधिक २ लाख ६० हजार ५३घ नयाँ संक्रमितको पहिचान भएको छ । यसअघि शुक्रबार २ लाख ३३ लाख संक्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार १५६ मानिसहरुले कोरोनालाई मात दिए भने १४ सय ९२ को मृत्यु भएको छ ।

शनिबार जुन राज्यमा सबैभन्दा बढी संक्रमित भेटिए त्यसमा महाराष्ट्र (६७,१२३), उत्तर प्रदेश (२७,३३४), दिल्ली (२४,३७५), कर्नाटक (१७,४८९) र छत्तीसगढ (१६,०८३) समावेश छन् ।

सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको आँकडा पनि लगातार बढिरहेको छ । पछिल्ला दिनमा यसमा १.२० लाखको वृद्धि भएको छ । हाल भारतमा १७ लाख ९३ हजार ९७६ जनाको उपचार चलिरहेको छ ।

दिल्लीमा डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेशनले ५ सय शैय्याको कोभिड अस्पताल तयार गरेको छ । यहाँ ठूलो संख्यामा अक्सिजन र भेन्टिलेटर बेड उपलब्ध छन् । यहाँ मानिसहरुको उपचार निःशुल्क गरिनेछ । न्यूरो र कार्डिकको केस आउँदा बिरामीलाई एम्स अस्पताल रिफर गरिनेछ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा अक्सिजन र रेमडेसिपिरको कमी भएको बताएका छन् । उनले दिल्लीमा आइसीयू बेड सिमित संख्यामा भएको बताएका छन् । अक्सिजन र आइसीयू बेड तीब्र रुपमा कम भइरहेका छन् ।

– थुप्रै शहरमा लकडाउनका कारण पलायनजस्तो स्थिति बनेको छ । यस्तोमा रेलमा भीड बढेको छ । यसलाई मध्यनजर गर्दै रेलवेले विशेष गाइडलाइन्स जारी गरेको छ ।