
काठमाडौं– पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ७४ जनामा कोरोना भाइसरको संक्रमण पुष्टि भएको छ । त्यस्तै ७ सय ७३ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बिज्ञापन



हालसम्म ३ लाख १२ हजार ६ सय ९९ जना कोरोना संक्रमित भएका छन् । त्यस्तै २ लाख ७९ हजार २ सय ७९ जना निको भएका छन् । ३ हजार २ सय ११ जनाको मृत्यु भएको छ । ३० हजार २ सय ९ सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म २४ लाख ४५ हजार ९ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको छ । ३० हजार २ सय ९ जना आइशोलेसनमा रहेका छन् भने ५४ जना क्वारेन्टाइनमा छन् ।