
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९६९ नमुना परीक्षण गर्दा ५ हजार ७६३ जनामा संक्रमण भएको पाइएको हो।

यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ। हाल संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ।
बिज्ञापन



पछिल्लो २४ घण्टामा थप थप १९ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यसैगरी १२ सय ८७ जनाले कोरोना जितेका छन्। यससँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ८२ हजार ३८२ पुगेको छ।
