कोरोनाको सिकारमा आईपिएल ,अनिश्चितकालका लागि स्थगित

केही खेलाडी र केही टिमका अफिसियलमा कोरोना पोजेटिभ देखिए पछि भारतमा जारी ईण्डियन प्रिमियर लिग(आईपिएल)को १४ औ संस्करण अनिश्चित कालका लागि स्थगित भएको छ।

बिसिसिआईको आज बसेको बैठकले यो निर्णय लिएको हो।

“बीसीसीआई खेलाडीहरु, सहयोगी स्टाफ र आईपीएल आयोजनामा सहभागी अन्य सहभागीहरुको सुरक्षामा सम्झौता गर्न चाहँदैन,”विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णय सबै सरोकारवालाहरुको सुरक्षा, स्वास्थ्य र हितलाई ध्यानमा राखेर गरिएको हो ।’