
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले वेष्ट इन्डिज सामु २६९ रनको लक्ष्य प्रस्तु गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६८ रन बनायो ।
भारतकालागि कप्तान विराट कोहली र एमएस धोनीले अर्धशतकीय पारी खेले । ८२ बल खेलेका विराटले ८ चौकाको सहयोगमा ७२ रन बनाए ।
विराटले आजको खेलमा बनाएको रनसँगै सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटको फम्र्याटमा २० हजार रन पूरा गरेका छन् । ६१ बल खेलेका धोनीले ३ चौका र २ छक्काको सहयोगमा ५६ रन बनाए ।
त्यस्तै केएल राहुलले ४८ रन जोड्दा हार्दिक पाण्डेया ४६, रोहित शर्मा १८ र विजय शंकर १४ रनको योगदान गरे ।
बलिङतर्फ वेष्ट इन्डिजका लागि केमर रोचले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कप्तान जेसन होल्डर र शेल्डन कोट्रेलले समान दुई–दुई विकेट लिए ।