बार्यन म्युनिखले  जित्यो लगातार नवौं बुन्डेसलिगा

एजेन्सी । जर्मन क्लब बार्यन म्युनिखले तीन खेल अघि नै घरेलु लिग बुन्डेसलिगाको उपाधि जितेको छ । शनिबार राति मान्चइलाडवाचलाई ६–० ले पराजित गर्दै बार्यनले उपाधि जितेको हो ।

शनिबार नै दोसो स्थानमा रहेको लाइपेजिग ३–२ गोल अन्तरले डर्टमन्डसँग घरेलु मैदानमा पराजित भएपछि बार्यनले तीन खेल अघि नै उपाधि जितेको हो ।

बिज्ञापन

घरेलु टोली बार्यका लागि रोवर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे । थोमस मुलर, किङस्ले कोमान, र लिरोए सानेले १–१ गोल गरेका थिए । बार्यनले लगातार नवौं पटक बुण्डेसलिगाको उपाधि जितेको हो ।