
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बूढानीलकण्ठमा भेटवार्ता चलिरहेको छ ।
देउवाको निजी निवासमा उनीहरूबीच भेटवार्ता चलिरहेको सुरक्षा स्रोतले पुष्टि गरेको छ । उनीहरूबीच नयाँ सरकार गठनलगायतका विषयमा छलफल केन्द्रित रहेको एक नेताले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार निर्माणका लागि तीन दिनको म्यादसहित आह्वान गरेकी छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले वैकल्पिक गठबन्धन सरकारको पक्षमा नउभिने बताइसकेको छ ।
जसपाको एउटा समूह तटस्थ बस्दा संविधानको धारा ७६ (२)अनुसार सरकार बन्न कठिन छ । ठाकुरको पछिल्लो विज्ञप्तिले राजनीतिक वृत्तमा हलचल ल्याएको छ । त्यसै विषयमा प्रचण्ड र देउवाबीच छलफल भइरहेको छ भने देउवाले दिउँसो ३ बजे पदाधिकारी बैठकसमेत बोलाएका छन् ।