बाबुराम भट्टराईको प्रस्ताव, ‘पूर्वप्रधानमन्त्रीबाहेकको नेतृत्वमा नयाँ सरकार बनाऔं’

काठमाडौं –  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान तथा पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष पनि रहेका भट्टराईले ट्विट गर्दै पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका हुन्।

ट्वीटरमा ट्वीट उनले मुलुकको वर्तमान संकट हल गर्न संविधानको धारा ७६ (२) बमोजिम सबै दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका हुन्।

बिज्ञापन

त्यस्तो सरकारले मुलुकका वर्तमान समस्या हल गरी एक वर्षभित्र चुनाव गराउनुपर्ने पनि उनले जानकारी दिएका छन्। यस्तै उनले राजनीतिक दलका प्रमुख तथा पूर्वप्रधानमन्त्री रहेको एक निर्देशक समिति बनाएर अघि बढ्नुपर्ने पनि धारणा राखेका छन्।