पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ६७ जना कोरोना संक्रमित , २ सय ३ जनाको मृत्युु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ४६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज एकैदिन यतिका संक्रमित थप भएका हुन् ।

यस्तै थप २०३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

बिज्ञापन

आज एकैदिन ६ हजार १३५ जनाले कोरोना जितेर घर फर्केका छन् । आजसम्म निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ जना पुगेको छ। आज थपसहित मृतककाे संख्या ४ हजार ६६९ जना पुगेकाे मन्त्रालयले जनाएकाे छ ।