
काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गीय नेता मदन भण्डारीको मृत्यु नियोजित हत्या भएको बताएका छन् ।




स्वर्गीय मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले हत्यारा किटेर भन्नुसक्ने प्रमाण आफूसँग नभएपनि उनको हत्या भयानक डिनाइन अन्र्तगत भएको बताए । त्यसको खोजीमा लाग्नुपर्ने उनको भनाई छ ।

नियोजित हत्या गर्ने हत्याराको खोजी गर्नुपर्ने र जनता समक्ष ल्याएर कारबाही गरिनुपर्ने प्रचण्डको भनाई छ ।
नेपालमा ठुलठुला राजनीतिक हत्यारालाई जनसमक्ष ल्याएर कारबाही नुहँदा अबका दिनमा समेत डर कायम रहेको उनको भनाई छ । हत्याराको किटान नहुँदा जोसुकैको पनि हत्या हुन सक्ने तर्फ प्रचण्डले सचेत गराए ।
आफू प्रधानमन्त्री भएपछि नारायणहिटीमा उभिएर दरबार हत्याकाण्डको यथार्थ पत्ता लगाइछाड्छौं भनेको तर, अहिलेसम्म नसकिएको भन्दै प्रचण्डले भने, ‘आखिर के ले दिँदैन ? जनताले नदिएको पक्कै होइन । सरकारमा हामी नै छौं तर, यस्तै भएको हो भन्नसक्ने ठाउँमा पनि छैनौं ।’
प्रचण्डले अघि भने, ‘कतै आफ्नो छाला बचाउन लाग्नेमा त छैनौं ?’
देश काल परिस्थितीलाई सुक्ष्म ढंगले विश्लेषण गरेर अगाडि बढ्ने सक्ने नेता भण्डारी रहेको भन्दै प्रचण्डले सबैलाई एक गरेर अगाडि बढनुपर्नेमा बताए ।
देशमा एकता र राजनीतिक स्थिायित्वको आवश्यकता रहेको भन्दै प्रचण्डले नेकपाको सरकार नरहे यो व्यवस्थानै ढल्ने चिन्ता प्रकट गरे ।