बैंगलोरको लगातार दोस्रो जित

एजेन्सी : विश्वकै सर्वाधिक चर्चित ईन्डियन प्रिमियर लिग (आईपीएल) टि२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले लगातार दोस्रो जित निकालेको छ ।

चेन्नईमा बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बैंगलोरले लगातार दोस्रो जित निकालेको हो ।

बिज्ञापन

एमए चिदंबरम स्टेडियममा बैंगलोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

हैदरावादका लागि कप्तान डेभिड वार्नरले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जिताउन सकेनन् ।त्यस्तै मनिस पाण्डेले ३८, जोड्दा राशिद खानले १७ , जोनी बेयर्स्टो १२ रनमा आउट भए ।

यता बैंगलोरका शाहबाज अहमेदले ३ तथा मोहमद सिराजले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

उक्त जितसँगै बैंगलोर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोरले २ खेलमा ४ अंक जोडेको छ ।