
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले स्थायी समितिको बैठक बोलाएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो चार बजेका लागि सो बैठक बोलाएका हुन् । बैठक बालुवाटारमा बस्ने भएको छ ।
यसअघि बसेको स्थायी समितिको बैठकले माधव कुमार नेपालसहित पार्टीका ११ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
यता विपक्षी गठबन्धन प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालत जाने तयारीमा छन् । प्रतिनिधिसभा विघटन, निर्वाचन घोषणा, विपक्षी गठबन्धनको कसरत तथा पार्टीको आन्तरिक विवादलगायतका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।