
झापा । झापाको हल्दिबारीमा एक व्यक्ति मृत अवस्थामा फेला परेको छ । प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी गाउँपालिका २ स्थित देउनिया पुल नजिकै बाटो छेउमा अन्दाजी ५५ वर्षीय पुरुष घोप्टो परेको अवस्थामा मृत फेला परेको हो ।
मृतक व्यक्ति तराइ समुदायको देखिए पनि उनको पहिचान हुन नसकेको प्रहरीको भनाई छ । केहिदिन देखि सोही गाउँपालिकामा मापसे गरी हिँड्ने व्यक्ति रहेको खुलेपनि यस विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।
मृतकको शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको जनाइएको छ । अधिक गर्मिका कारण उनको मृत्यु भएको हुनसक्ने स्थानीयले बताएकाछन् ।