
धनगढी । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कैलालीले शनिबार धनगढीमा सम्पन्न भएको जिल्ला भेलाबाट भैरवबहादुर रावलको अध्यक्षतामा २०१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।

जिल्ला कमिटीको वरिष्ठ उपाध्यक्षमा विमलकुमार जोशी, उपाध्यक्ष रतना कडायत, सचिव खडक रावत तथा उपसचिवमा वखत विष्ट, दीर्घ जोशी र प्रेमलाल चौधरी सर्वसम्मत चयन भएका छन् ।
बिज्ञापन



जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई शनिबार नै केन्द्रीय उपमहासचिव विजयकुमार पौडेलबाट शपथ ग्रहण गराइएको थियो ।
