खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ : नेकपा एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक भर्खरै भर्चुवल रुपमा सुरु भएको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए ।

खनाल–नेपाल समूहका केन्द्रीय सदस्यहरुले छलफल बिहीबारबाट जारी छ । भेलामा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । आज बाँकी रहेका सदस्य र नेता माधवकुमार नेपालले आफ्नो धारणा राखेर बैठक टुंग्याउने उनीहरुको तयारी छ ।

 

भेलामा कतिपय सदस्यहरुले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्न नसकिने भएकाले फरक पार्टी बनाउन सुझाव दिएका छन् । केही नेताहरुले भने एकताका लागि अन्तिम समयसम्म प्रयत्न जारी राख्नुपर्ने बताइरहेका छन् ।

खनाल–नेपाल समूहले २०७५ जेठ २ को कमिटी संरचनामा ओली फर्कन चाहे एकता सम्भव हुने बताइरहेका छन् ।