विश्वकप छनोट – माल्दिसमाथि सिरियाको फराकिलो जित

एजेन्सी । आगामी बर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एशियन छनोटमा सिरियाले माल्दिभ्सविरुद्ध फराकिलो जित दर्ता गरेको छ ।

नेपाली समयअनुसार शुक्रबार राति सारजाहमा सम्पन्र भएको खेलमा सिरियाले माल्दिसमाथि ४–० गोलको सानदार जित निकालेको हो । सिरियाको जितमा महमुद अल माओसले ह्याट्रिक गर्दा ऐयास ओसमानले १ गोल गरेका थिए । जसमा महमुद अल माओसले ३ गोल नै पेनाल्टी मार्फत गरेका थियो ।

बिज्ञापन

जारी खेलको २९ औं मिनेटमा महमुदले गोल गर्दै सिरियालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३४ औं मिनटमा ओसमानले गोल गदै टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्ज्योरी टाइममा पेनाल्टी मार्फत महमुदले व्यक्तिगत दोस्रो र टोलीको लागि तेस्रो गोल गदै पहिलो हाफभरि ३–० गोलको अग्रता दिलाए ।

त्यसपछि सिरियाले दोस्रो हाफको खेलको ७१ औं मिनेटमा महमदुले पेनाल्टी मार्फत ह्याट्रिक पुरा गरेका थिए । र टोलीको सानदार जित पक्का गरे ।  Syria vs Maldives LIVE | FIFA World Cup 2022 Qualifiers | Maldives vs Syria  Live Streaming - YouTube

उक्त जितसँगै समूह ए मा रहेको सिरिया कूल ६ खेलबाट ६ खेलमै जित निकाल्दै १८ अंकका साथ शीर्ष स्थानमा रहेको छ । उसले ६ खेलमा १८ गोल गरेको छ । भने ४ गोल मात्र खाएको छ । यता त्यहि समूहमा चीन १० अंकका साथ दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा फिलिपन्स ७ अंकका ,माल्दिभ्स ६ अंकसहित चौथो स्थानमा रहेको छ । यता पाँचौं स्थानमा रहने ग्वामको भने अंकविहिन रहेको छ ।