
एजेन्सी । सन् २०३० को विश्वकप फुटबल आयोजना गर्नको लागि स्पेन र पोर्चुगलले संयुक्त दाबी पेस गरेको छ । हिजो शुक्रबार स्पेन र पोर्चुगलले विश्वकप आयोजनाको लागि संयुक्त दाबीको घोषणा गरेको हो ।




हिजो सम्पन्र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पछि स्पेन र पोर्चुगल दुबै राष्ट्रले संयुक्त रुपमा विश्वकप आयोजनाको दाबी गरेको हुन् । उक्त खेलमा स्पेन र पोर्चुगलले गोलरहित बराबरीमा खेलेका थियो । स्पेनका राजा फिलिप र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलोले संयुक्त दाबीको सम्झौता पत्रमा हस्ताक्षर गरे ।

त्यस्तै यसअघि पोर्चुगल फुटबल संघका अध्यक्ष फर्नान्डो गोमेस र स्पेनिस संघका अध्यक्ष लुइस रुबिआलेसले गत अक्टोबरमा नै सम्झौता तयार पारेका थिए । दुबै देशको सरकार संयुक्त आयोजनमा राजि भएपछि सहमति पत्रमा हस्ताक्षर भएको हो ।
सन् २०२२ को विश्वकप कतारमा आयोजना हुँदैछ । त्यस्तै सन् २०२६ को विश्वकप भने क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन् । फिफाले सन् २०३० को आयोजकको घोषणा सन् २०२४ मा गर्नेछ । सन् २०३० को विश्वकपका लागि अन्य थुप्रै राष्ट्रले समेत दाबी गरेका छन् ।