
अमेरिकाले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कोस्टारिकालाई पराजित गरेको छ । अमेरिकाले कोस्टा रिकामाथि ४–० को सानदार जित निकालेको हो ।
घरेलु मैदानमा बिहीबार बिहान भएको खेलमा अमेरिकाको जितमा ब्रेन्डेन आरोनसन, डरयाल डिके, रिगी क्यानोन र जियोभानी रेनाले गोल गरे । खेलको आठौं मिनेटमा नै ब्रेन्डेन आरोनसनको गोलबाट अमेरिकाले अग्रता लिएको थियो ।
४२औं मिनेटा डरयाल डिकेले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर पारे । ५२औं मिनेटमा रिगी क्यानोनले गोल गर्दै अमेरिकालाई ३–० ले अघि बढाए । ७७औं मिनेटमा जियोभानी रेनाले पेनाल्टीमा गोल गर्दै अमेरिकालाई ४–० को फराकिलो जित दिलाए । · Read more