
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिवाद समाधान गर्न बनेकाे कार्यदलको बैठक सुचारु भएको छ । शुक्रबार गठित ६ सदस्यीय कार्यदलको बैठकले सहमति खोज्न भन्दै भैसेपाटीमा बैठक बसिरहेको हो ।
नेकपाका दुई अध्यक्षबीचको असमझदारीका कारण नेकपामा किचलो बढ्दो छ । त्यसको समाधान खोज्ने प्रयास स्वरुप हिजो शुक्रबार प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको बैठकले कार्यदल गठन गरेकाे थियो ।
महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलमा पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहनुभएको छ ।