इरिक्सनलाई बचाउने सिमोन केयालाई कप्तान बनाउने तयारी

डेनमार्कका स्टार क्रिष्ट्रिय इरिक्सन फिनल्यान्डविरुद्धको खेलका दौरान मैदानमै ढले । जतिबेला उनी सिमोन केयाले दिएको थ्रो ईन रिसिभ गर्दै थिए ।

लगत्तै केया इरिक्सन भए ठाउँमा आए । उनको एयरवेज क्लियर गरे र स्वास्थकर्मीको टोली आउनुअघि सिपिआर सुरु गरे ।

बिज्ञापन

आफ्ना साथीको जीवन–मरणको यो अवस्था गोप्य होस् भन्नका लागि उनले अन्य सहकर्मीहरुलाई इरिक्सन आसपास घेरेर बस्न प्रोत्साहित गरे ।

 

अन्ततः निकै तेजसँग स्वास्थकर्मीको टोली आइपुग्यो । समयमै अस्पताल लगियो र इरिक्सन खतरामुक्त भए । इरिक्सनलाई केयाले गरेको सहयोगबाट इटलीका महान् फुटबलर पाओलो माल्दिनी भने प्रभावित भएका छन् ।

माल्दिनीले ३२ वर्षीया केयालाई एसी मिलान क्लबको कप्तान बनाउन चाहेका छन् ।

 

अहिले माल्दिनी एसी मिलानमा स्पोर्टिङ डाइरेक्टर छन् र केया २०२० को जनवरीदेखि केया एसी मिलानबाट खेलिरहेका छन् । उनी सुरुमा सेभियाबाट ऋणमा आएका थिए । त्यसपछि मिलानले स्थायी रुपमै क्लबमा आबद्ध ग¥यो ।