युरो कप – स्पेनको लगातार दोस्रो बराबरी

एजेन्सी । १६औं संस्करणको युरोपेली च्याम्पियनसिप फुटबलमा स्पेन पोल्याण्डसँग बराबरीमा रोकिएको छ ।

आइतबार बिहान सम्पन्न भएकाे समूह ‘ई’ को दोस्रो खेलमा स्पेन पोल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

बिज्ञापन

खेलमा सुरुवाती अग्रता भने स्पेनले बनाएको थियो । स्पेनको लागि अल्भारो मोराटा गोल गरे । त्यस्तै यता पाहुना टोली पोल्याण्डको लागि कप्तान रोबर्ट लेवान्डोस्की गोल फर्काए । पहिलो हाफमा स्पेनले अग्रता लिएपनि दाेस्राे हाफमा लेवान्डोस्कीले गोल गरेपछि खेल १-१ को बराबरीमा रोकियो ।

 

खेलको २५ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । उनले जेरार्ड मोरेनोको पासमा गोल गरेका थिए ।

 

दोस्रो हाफमा पोल्याण्डले गोल फर्कायो । खेलको ५४ औँ मिनेटमा लेवान्डोस्की गोल गर्दै खेल बराबरीमा ल्याए । उनले कामील जोज्वियाकको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल बराबरीमा रोकियो ।

 

उक्त बराबरीसँगै २ खेलमा २ अंक जोड्दै स्पेन तेस्रो स्थानमा रहेको छ । पोल्यान्ड भने पहिलो अंक जोड्दै समूहको पुछारमा रहेको छ । यस समूहमा स्वीडेन ४ अंक सहित शीर्ष स्थानमा रहेको छ भने स्लोभाकिया ३ अंकसहित दोस्रो स्थानमा रहेको छ । समूहको अन्तिम खेलमा स्पेन र स्लोभाकिया खेल्दा स्वीडेनले पोल्यान्डको सामना गर्नेछ ।