
काठमाडाैं – सर्वोच्च अदालतले २० जना मन्त्रीहरुलाई पदमुक्त गर्न अन्तरिम आदेश गरेपछी समस्यामा परेका प्रधानमन्त्री केपी शर्मा ओली समाधानका उपाय खोज्दै छन्। सर्वोच्चको आदेश र नयाँ रणनीतिका बारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले बालुवाटारमा अफु्ँनिकट नेताहरुसँग छलफल गरेका छन्।

बिज्ञापन



नेताहरुसँग छलफल गरेर उनी आगामी रणनीति तय गर्न खोजिरहेका छन्। ‘अब कसरी अगाडी बढ्ने भनेर प्रधानमन्त्रीज्युले छलफल शुरु गर्नुभएको हो,’ बालुवाटारनिकट श्रोतले भन्यो, ‘पार्टीमा छलफल गरेपछि कसरी अघि बढ्ने भनेर निर्णय गर्नुहुनेछ।’

यसअघि प्रधानमन्त्री ओलीले मगंलबार पदमुक्त मन्त्रीहरुसँग पनि छलफल गरेका थिए। उनले मन्त्रीहरुलाई आफुँले केहि उपाय निकाल्ने आश्वाशन दिँदै धैर्य गर्न आग्रह गरेका थिए।