सन्तोषी सुब्बा हत्या आरोपमा एक युवक पक्राउ

काठमाडौं : दक्षिणकालीमा मंगलबार बिहान मृतावस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक स्थायी ठेगाना भएका अभियुक्त सुरेश तिमल्सिनालाई बिहीबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । उनी दक्षिणकालीस्थित वर्कशपमा कार्यरत रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

बिज्ञापन

पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सुब्बाको रहेको बुधबार प्रहरीले पुष्टि गरेको थियो ।

प्रहरीले मंगलबार दक्षिणकालीको शौचालयबाट महिलाको शव बरामद गरेको थियो । टाउकोमा गह्रुँगो वस्तुले हिर्काएको र अनुहार क्षतविक्षत भएको अवस्थामा दक्षिणकालीको ट्वाइलेटभित्र प्रहरीले शव बरामद भएको थियो ।