जसपा ठाकुर समूहको कार्यकारिणी बैठक बस्दै

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बैठक बस्नेछ ।

निर्वाचन आयोगले आधिकारिकता विवादमा यही असार २२ गते जसपाका दुवै पक्षलाई छलफलका लागि बोलाएपछि त्यस विषय र अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको युवा नेता मुकेश झाले बताए ।

बिज्ञापन

सर्वाेच्चमा विचाराधीन प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा एक दुई दिनमै फैसला हुने सम्भावना रहेको र त्यसपछिको राजनीतिक अवस्था लगायतका विषयमा आन्तरिक छलफल हुने उनले बताए ।

यस्तै जसपाको सांगठनिक अवस्था र प्रदेशहरुमा देखिएको विवादसँगै जसपाभित्र उत्पन्न आन्तरिक समस्यामा केन्द्रित रहेर छलफल हुने सम्भावना उनले व्यक्त गरे ।