डेढ घण्टाभित्र प्रधानमन्त्री पक्षका १३ कानून व्यवसायीले आज बहस गर्दै

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आज (शुक्रवार) पनि प्रधानमन्त्री केपी शर्मा ओली तर्फका कानून व्यवसायीको बहसले निरन्तरता पाउने छ । प्रधानमन्त्री तर्फको कानून व्यवसायीलाई छुट्याएको मध्ये बाँकी रहेको १ घण्टा ३० मिनेटमा १३ जना वकिलले बहस गर्दैछन् ।

शुक्रवार बरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणी अधिकारी र अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले १०–१० मिनेट बहस गर्ने बताइएको छ । प्रधानमन्त्रीका कानून विज्ञ बाबुराम दाहालले ७ मिनेट बहस गर्नेछन् ।

अधिवक्ता भोजराज आचार्य, सिपी रेग्मी, बलबहादुर राई, रुद्रप्रसाद पोखरेल, शान्ति देवी खनाल, विष्णुमाया भुषाल, धर्मराज रेग्मी, अनन्त लुईँटेल र लोकनाथ खरेलले प्रधानमन्त्रीको तर्फबाट बहस गर्दैछन् । उनीहरु सवैलाई ७ मिनेटको दरले समय छुट्याइएको छ ।

प्रधानमन्त्री तर्फका कानून व्यवसायीको बहस सकिएपछि सभामुख अग्नि प्रसाद सापकोटाका कानून व्यवसायीको बहस शुरु हुनेछ । सभामुखको तर्फबाट बहसका लागी सरकार पक्षलाई दिएको समयबाट १ घण्टा र अरु आधा घण्टा संवैधानिक इजलासले थप गर्नेगरी समय छुट्याइएको छ ।