
काठमाडौं । नेकपा एमालेले विदेशबाट फर्केर आएकाहरुलाई संगठित गर्न जनवर्गीय संगठन निर्माण गर्ने भएको छ । वैदेशिक रोजगारी तथा लामो समय विदेशमा बसेर फर्केहरुलाई संगठित गर्नका लागि यस्तो जनसंगठन निर्माणका लागि लिखित प्रस्ताव पेश भएको छ ।

शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य माधव ढुंगेलले सो प्रस्ताव पेश गर्दै संगठनको लिखित अवधारणा अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । ‘रिटर्नी फेडरेशन नेपाल’ नाम प्रस्ताव गरी यसको विधान तथा अन्य विषय समेटिएको छ ।
बिज्ञापन



विदेशबाट फर्किएका एमाले समर्थक तथा सदस्यहरु अहिले सातै प्रदेशमा संगठित भइरहेको र उनीहरुलाई पार्टीले औपचारिक रुपमा जनवर्गीय संगठनभित्र समेटेर लैजानुपर्ने ढुंगेलले बताए ।
