आत्महत्याको प्रयास- सप्तकोसी नदिमा छोराछोरी सहित हामफालेकी एक महिलाको उद्वार

राजविराज । आत्महत्या गर्न सप्तरीको सप्तकोसी नदीमा छोराछोरीसहित हामफालेकी महिला र उनका एक छोरालाई प्रहरीले उद्धार गरेको छ।

 

बिज्ञापन

भारदहस्थित कोसी ब्यारेजमा शुक्रबार साँझ हामफालेका मध्ये करिब ३५ वर्षीया महिलालाई शनिबार बिहान उद्धार गरिएको हो। बालकको भने शुक्रबार साँझ नै उद्धार गरिएको थियो।

 

बालकको पुल नजिकै र महिलाको पुलबाट करिब ४ किलोमिटर तल पलार भन्ने स्थानबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

दुवैको स्थानीय भारदह अस्पतालमा उपचार भइरहको छ। महिलाले तीन बालबालिका सहित नदीमा हाफालेको स्थानीयले बताएका छन् । प्रहरीले बाँकीको खोजी र पहिचानको प्रयास गरिरहेको जनाइएको छ ।