मुस्लिम आयोगद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

अनिल यादव/रौतहट : मुस्लिम आयोगले दुर्गा भगवती गाउँपालिकाको कार्यालयलाई विभिन्न स्थास्थ्य सामग्री उपलब्ध गराएको छ । आयोगका अध्यक्ष समिम मिया अन्सारीले दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुणकुमार साहलाई एक कार्यक्रमका बीच ती सामग्री हस्तान्तरण गरेका हुन् ।

आयोगले कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लडन अग्रपंक्तिमा रहेर अहोरात्र खटने स्वाथ्यकर्मी, सफाईकर्मी लगायतका जनशक्तिका लागि आवश्यक सेनिटाइजर, मास्क, ग्लोब्स, अक्सिमिटर र पीपीइ लगायतका स्वास्थ्य सामगी हस्तान्तरण गरेको हो ।

त्यस क्रममा गाउँपालिकाका अध्यक्ष साहले स्वास्थ्य सामग्री उपलब्ध गराएकोप्रति आयोगका अध्यक्ष अन्सारीलाई धन्यवाद दिदै आगामी दिनमा पनि यसैगरी आयोग र गाउँपालिकाबीच सहकार्य हुने बताए । उनले कोरोनाको तेस्रो लहर आउन बाँकी नै रहेकोले स्वास्थ्य मापदण्ड अपनाएर सतर्कता अपनाउनुपर्ने आवश्यकता रहेको बताए ।