झापामा निषेधाज्ञा असार ३१ गतेसम्म थप स सार्वजनिक यातायात खुल्ने – के के खुल्छ?

झापामा असार ३१ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । आज सम्पन्न डिसीसीएसीको बैठकले निषेधाज्ञा पुन थप गरेको हो । आज राति १२ बजेसम्मका लागि जारी रहेको निषेधाज्ञालाई असार ३१ गते राति १२ बजेसम्मका लागि कायम राख्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो। मल खाद, बिउ विजन, कुखुरा चल्ला दाना पसल, पशुपंक्षीका आहारा तथा कृषी सम्बन्धि पसल भने विहान ६ बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न पाइने छ । यसका साथै औषधी र स्वास्थ्य सामाग्री, ईन्धनबाहेक अन्य पसल तथा व्यवसाय पुर्ण रुपमा बन्द गर्ने तर खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दूध डेरी, पस्तक,  निर्माणजन्य सामाग्री, ईलेक्ट्रोनिक, टेलरिङ ।

बिज्ञापन

ड्राईक्लिनर्स, लत्ताकपडा, जुत्ता चप्पल, सुनचाँदी, कस्मेटीक, भाँडा। गाडीरमोटरसाईकल शोरुम, प्लास्टिक तथा मेसीनरी, फर्निचर पसल विहान ६ बजे देखी साझ ५ बजे सम्म संचालन गर्न पाईने आदेशमा उल्लेख गरिएको छ । होटल ब्यवसाय समेत साझ ५ बजे सम्म सामाजिक दुरी कायम गरि संचालन गर्न दिने निर्णय भएको छ ।

बैठकले अत्यावश्यक सेवा बाहेकका निजी तथा सार्वजनिक यातायात जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर सञ्चालन गर्न दिइने उल्लेख छ ।लामो दुरीका सवारी साधन भने झापा, इलाम, मोरङ र सुनसरी गरी चार जिल्लामा मात्र सञ्चालन गर्न पाइने निर्णय गरेको छ । सिनेमा हल, पार्टी प्यालेस, सैलुन, मनोरञ्जन स्थाल, पार्क, स्विमिङ पुल, ब्युटि पार्लर जिम खाना बन्द हुने जनाइएको छ ।