
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्यान्ड प्रस्थान गरेका छन्।

इङ्गल्याण्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको पहिलो संस्करण खेल्न सन्दीप बिहिबार राति उडेका हुन्। उनी ओभल इन्भिन्सिबलबाट खेल्दै छन्।
बिज्ञापन



टीममा सामेल हुनुपूर्व उनी इंग्ल्यान्डमा १० दिन क्वारेन्टिनमा बस्ने छन् ।

र क्वारेन्टिन अवधिमा उनको दुई पटक कोरोनाको पीसीआर प्रशिक्षण हुनेछ।
१०० बलको खेलाइने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता जुलाई २१ बाट सुरु हुने तालिका रहेको छ ।
पुरुष र महिला गरि इङ्गल्याण्ड र वेल्सका मुख्य सहरहरुबाट आठ टीमले सहभागिता जनाउदै छन्।
यसअघि भिसा आउन ढिलाइ भएका कारण उनले भाइटालिटी टी–२० ब्लास्ट प्रतियोगिता गुमाएका थिए।