
काठमाडौ । भारतबाट आयात गरिएको तरकारी कुनै अवरोध नेपालमा भित्र्याउन पाउनु पर्ने मागको समर्थन गर्दै केपी ओली सरकारले स्वीकृत गरेपछी बिपक्षी दल नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बिरोध जनाएको छ।
दुई तिहाईको कम्युनिस्ट सरकार भारतीय लम्पसारबादी चिन्तन बोकेको भन्दै नेविसंघले आज बृहत जुलुस निकालेको छ। पुतलीसडकबाट निकालिएको जुलुसमा करिव पाँच हजारको सहभागिता रहेको थियो। उक्त जुलुस भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो।
जुलुसको नेतृत्व गरेका नेविसंघका नेता महेन्द्र भट्टराईले अहिलेको बाम सरकार भारतको ` यस मेन´ भएको भन्दै यो सरकारले नेपालीको हित गर्दैन भन्दै कडा मन्तव्य राखेका थिए। उनले यो सरकार भारतले जेजे गर भन्यो, त्यही त्यही गर्छ भन्दै आक्रोश पोखे।
`यो सरकार भारतीय डिजाइनमा चलिरहेको छ, नेपाली जनताका पक्षमा यो सरकार छैन र यो सरकारले नेपाली जनताको स्वास्थ्यमा कुनै सरोकार राख्दैन´ भट्टराईले अाक्रोश पोखे ।
नेपाली जनताको स्वास्थ्यलाई बेवास्ता गर्दै कम्युनिस्ट सरकारले गरेक यो निर्णयलाई कुनै हालतमा कार्यनयन गर्न नदिने, नेपाली जनताका लागि नेविसंघ `फ्रन्ट´ मा बसेर आन्दोलन गर्छ भन्दै अन्य सहभागीले कडा चेतावनी दिएका थिए।